गोरखा, २३ जेठ । गोरखामा ७ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उघोग प्रर्वद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौं र उधोग वाणिज्य संघ गोरखाको संयुक्त आयोजनामा आज देखी तालिम सुरु भएको हो ।
मानिसहरुलाई उद्यम गराउन उत्प्रेरीत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । उधोग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठका अनुसार भोली २४ गते लेबलिङ, प्याकेजिङ तथा बजारिकरण र २६ गते लेखा व्यवस्थापकिय तालिम दिइने बताउनुभयो । आज (बिहान) एक कार्यक्रमका बिच उद्घाटन गरिएको तालिम जेठ २९ गते सम्म चल्ने जनाएको छ ।
संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य जिवन ज्योती श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष भगवान बाबु मास्के, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठ, संघकासशस्त्र प्रहरी बलका डिएसपी सुजित विष्ट, उधोग वाणिज्य संघ महिला बिकास समिति गोरखाकी अध्यक्ष सुशीला श्रेष्ठ, उपाध्यक्ष रिता श्रेष्ठ, सचिब जुना सुनार पर्यटन तथा उद्योग कार्यालय गोरखाका सुर्य भुजेल, उधोग बाणिज्य सघंका सदस्य लगायतको उपस्थिति रहेको लगायतको उपस्थिती रहेको थियो ।