Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु


1.7K
Shares

गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु

गोरखा, २२ जेठ । गोरखामा लोक सेवाको निःशुल्क पूर्व तयारी कक्षा सुरु भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा सोमबारबाट १५ दिने निःशुल्क पूर्व तयारी कक्षा सञ्चालनमा आएको हो ।

कम्तीमा ४० जनाको सहभागीता गराउने भनिएकोमा पहिलो दिन ३३ जनाको सहभागी रहेको नेपाल आदीवासी जनजाती महासंघ गोरखाका अध्यक्ष विष्णु रानाले जानकारी दिनुभयो । भोली दोस्रो दिन केही मात्रमा विद्यार्थी संख्या बढ्ने अपेक्ष रहेको उहाँले बताउनुभयो । अध्यक्ष रानाका अनुसार हरेक सरकारी निकायमा आदीबासी जनजातीका छोरा छोरीको पहुँच पुगोस् भन्ने उदेश्यका साथ कक्षा सञ्चालन गरिएको हो ।

कक्षाको आज एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले उद्घाटन गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रानाले सहभागी मध्यका लोक सेवाको तयारी गरिरहेका विद्यार्थीलाई यस कक्षाबाट थप उर्जा मिल्ने बताउनुभयो । कक्षालाई जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत तथा विभिन्न शाखाका प्रमुखहरुले प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

अध्यक्ष रानाको अध्यक्षता तथा मेयर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला पुष्कर राना, चुमन्ब्रीका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठ, अधिकारी आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका उपाध्यक्ष, तमु छोंज धि गोरखाका अध्यक्ष राम बहादुर गुरुङ, नेपाल आदीवासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषदकी अध्यक्ष मिना गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology