Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको धार्मिक टोलीद्धारा म्याग्दीको गलेश्वर मन्दिरमा विशेष हवन


1.7K
Shares

गोरखाको धार्मिक टोलीद्धारा म्याग्दीको गलेश्वर मन्दिरमा विशेष हवन

गोरखा, २० जेठ । जिल्लाका धार्मिक टोलीले म्याग्दीको गलेश्वर मन्दिरमा विशेष हवन कार्य सम्पन्न गरेको छ । अज्ञात नाथ पंन्थि अर्थात अनाप कार्यशैली तथा आध्यात्मिक कार्यदिशा अन्तर्गत गोरक्षधामका धार्मिक टोलीले तन्त्रोक्त शिव गोरक्ष हबन कार्य सम्पन्न गरेको हो ।No description available.

धार्मिक टोलीमा ५१ जनाको सहभागीता रहेको सहभागी मध्यको एक सन्दिप खत्रीले जानकारी दिनुभयो । ‘राष्ट्र, राष्ट्रियता र धर्म रक्षार्थ गोरक्षधाम गोरखाको संकल्प, सत्य र धर्म कहिल्यै मर्दैन’ कण कण गोरख जागे भन्ने मुल नाराका साथ गलेश्वरमा पहिलो धार्मीक यात्रा सम्पन्न भएको उहाँले बताउनुभयो ।No description available.

श्री श्री गुरुगोरक्षधाम सिद्धाश्रम केन्द्र, गोरखाले शुष्म शक्ति जाग्रीत गर्दै नेपाल र नेपालीको आध्यात्मिक शक्ति बढाउने एवम् राष्ट्र, राष्ट्रियता, धर्म र गौं रक्षार्थको लागि अनाप शैलीमा थालेको हवन तथा पुजन यो पहिलो चरण सकिएको हो ।

देश को राज्य सत्ता सञ्चालन हुदाँ विधि र पद्धतिमा शुक्ष्म शक्तिले शुक्ष्म रुपमा शक्ति प्रदान गरुन भनेर नेपाल र नेपालीमा धार्मिक भक्ति बढाउनका लागि पनि यो कार्यको सुरुवात गरिएको गोरक्षधाम गोरखाका महासचिव दिनेश दानीको भनाई छ ।No description available.

गोरखाबाट गएको उक्त समुहले पोखराको बिन्ध्यवासीनी, बागलुङको कालिका भगवती, म्याग्दीको गलेश्वरधाम तथा मुस्ताङको कागबेनी र मुक्तिनाथमा हवन पछि पुनः म्याग्दीको गलेश्वरधाममा विशेष हवन पुजन र प्राथना गरेको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म र गौं रक्षार्थ आवाज उठाउनेहरु अहिले कम भएको भन्दै सूक्ष्म शक्ति प्रदान होस भनि अनाप कार्य अगाडी बढाएको अध्यक्ष नवराज बस्नेतले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology