Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै


931
Shares

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

काठमाडौं , २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन् । भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड अपराह्न ४ः३० बजे दिल्लीबाट प्रस्थान गर्नेछन् । साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए। इन्दौरमा विशेष आर्थक क्षेत्र तथा फोहोरमैला व्यवस्थापन केन्द्रको भ्रमण सकेर उनी आजै दिल्ली फर्कनेछन् ।

दिल्लीबाट साढे चार बजे नेपाल एअरलाइन्सको विमानबाट स्वदेश फर्कनेछन् । जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी म‍ुर्मु , प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थि‍ए ।
उहाँले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो। त्यसक्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology