गोरखा, १९ जेठ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर – ४ धावामा रहेको २ वटा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरीएको छ । लियो क्लव अफ गोरखाको समन्वयमा भगवति मा बि र बाल ज्योति आधारभूत बिद्यालयका २०० जना विद्यार्थीलाई पुर्ब बिद्ययार्थीहरुद्धारा शैक्षिक सामाग्री हस्तान्तरण गरीएको लियो क्लव अफ गोरखा अध्यक्ष बालकृष्ण परियारले जानकारी दिनुभयो । विद्यार्थीलाई कलम, कापी, सिसाकलम, ईरेजर, जमेट्रि बक्स, क्याल्कुलेटर, मार्कर, ड्स्टर, रेकर्ड फाईल, मसि लगाएतका शैक्षिक सामग्री बितरण गरीएको उहाँले बताउनुभयो ।

उदार हृदयका धनि, देश तथा बिदेशमा रहनुभएका सहयोगि मन भएका पुर्व बिध्यार्थिहरु र अन्य आर्थिक सहयोगबाट संकलन गरीएको १,८४,७८३ ( १ लाख ८४ हजार ७ सय ८३) रुपैंया बराबरको शैक्षिक सामाग्री बितरण गरीएको पुर्व विद्यार्थी तथा कार्यक्रम अभियान्ता अर्जुन सुर्खेतीले जानकारी दिनुभयो ।

क्लबले पछिल्लो समय शैक्षिक क्षेत्रमा निकै उल्लेखनीय कार्य गर्दै असाय अशक्त विद्यार्थीहरुलाई लक्ष्ति गरी शैक्षिक सामग्री बितरण गरेको छ ।