Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नगरपालिकाकी उपप्रमुखमाथि हातपातको प्रयास, कार्यकक्षमै कुटिए उपमेयरका श्रीमान


2.1K
Shares

नगरपालिकाकी उपप्रमुखमाथि हातपातको प्रयास, कार्यकक्षमै कुटिए उपमेयरका श्रीमान

काठमाण्डौ १८ जेठ । जग्गा बिबाद मिलाउन छलफल भइरहेका बेला नगरपालिकाकी उपप्रमुख माथि हातपातको प्रयास भएको छ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ । गौशाला वडा नम्बर २ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा न्यायिक छलफल भइरहेको वेला उपमेयर रेणुकुमारी महतोमाथि कार्यकक्षमा नै आक्रमण प्रयास भएको हो ।

धर्मशाला निर्माण भइरहेको वेला नगरभित्रै रामजानकी कुटीको हेरचाह गर्दै आएका जोगिन्द्र ठाकुरले निजी जग्गा भएको भन्दै दावी गरेपछि न्यायिक समितिकी संयोजक समेत रहेकी उपमेयर महतोले सरोकारवालाहरुलाइ बोलाएर मंगलवार बेलुका छलफललाई अगाडि बढाउनु भएको थियो । छलफल कै क्रममा वडा नम्बर २ का वडा अध्यक्ष श्यामसुन्दर मण्डलले तथानाम गाली गर्दै उपमेयरलाइ नै हातपात प्रयास गरेको आरोप लागेको छ ।

श्यामसुन्दर मण्डलले बिषयवस्तुलाइ बिषयान्तर गरि सुनियोजित ढंगले आक्रमण प्रयास गरे, उपमेयर महतोले भन्नुभयो। उहाँका अनुसार उपमेयरका सहयोगी तथा श्रीमान दिपेन्द्र महतोलाई विवादकै क्रममा अध्यक्ष मण्डलले धक्कामुक्का गर्दा सामान्य घाइते हुनुभएको छ । उहाँको हातमा सामान्य चोट लागेको छ भने ज्यान मार्ने धम्की समेत दिएको महतोले बताउनुभयो । अध्यक्ष मण्डलले उपमेयर महतोलाई समेत धम्की दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थललाई नजिक रहेका स्थानीय बलराम सापकोटाका अनुसार उपमेयरको कार्यकक्षमा अमर्यादित गाली बेइज्जतीका काम गरियो । कार्यककक्षमा नै आक्रमणको आरोप खेपेका वडा अध्यक्ष श्यामसुन्दर मण्डलले उपमेयरका श्रीमानले नै आक्रमणको प्रयास गरेको दावी गर्नुभयो । अध्यक्ष मण्डलले उपमेयरसंग कुरा गरिरहेको वेला विवाद सिर्जना गरेपछि सामान्य विवाद सिर्जना भएको दाबी बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology