Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा हत्या गर्ने गरी आक्रमण भएको साता दिन बित्दा पनि आक्रमणकारी पक्राउ परेनन्


2.7K
Shares

गोरखामा हत्या गर्ने गरी आक्रमण भएको साता दिन बित्दा पनि आक्रमणकारी पक्राउ परेनन्

गोरखा, १४ जेठ । एक साता अघी बारपाक सुलिकोट गाउँपालिका–६ मैलुङमा ज्याने लिने गरी आक्रमण गर्ने समूहलाई गोरखा प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । आक्रमणमा परी मैलुङकी ७५ बर्षिया तीलकुमारी देवकोटा गंभिर घाईते हुनु भएकी थिइन ।

गत जेठ ८ गते राती ९ः३० बजे घरमा बसी रहेको बेला युवाहरुको एक समूहले तीलकुमारीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिनुभयो । आक्रमणकारीले तीलकुमारीलाई घाँटीमा धारीलो हतियार प्रहार गरेका थिए ।

घाईते महिलाको अहिले पनि स्थानिय स्वास्थ्य चौकीमा उपचार भई रहेको उहाँका भाई महेश पनेरुले बताउनुभयो । अहिलेको अवस्था सामान्य भएता पनि घाँटीको चोट हो भोली के हुन्छ भन्न नसकिन्न पनेरुको भनाई छ । पिडित तीलकुमारीका अनुसार किन आफु माथि आक्रमण भयो केही थाहा नभएको बताउनुभयो ।

आक्रमणकारी भाग्ने क्रममा १ जनाको मोबाईल फेला परेको पनि सूचना अधिकारी लामिछानेले जानकारी दिएको छ । मोबाइलबाट आक्रमणकारीको पहिचान खुलिसकेको पनि उहाँ बताउनुभयो । यता साता दिन बितिसक्दासम्म पनि आक्रमणकारी पक्राउ नपरेको भन्दै आफन्तहरुले आक्रोस पोखेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक लामिछानेले आक्रमणकारीको पहिचान खुलिसकेको र खोजी कार्य भइरहेको जानकारी दिनुभयो । तर आक्रमणमा के कती जनाको संलग्नता रहेको भन्ने बारे पक्राउ परेपछी मात्र थाहा हुने उहाँले बताउनभयो । तीलकुमारी आक्रमणमा ३ जना युवा संलग्न भएको उहाँको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology