Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा प्रहरीलाई गाली गलौच गर्ने युवक पक्राउ


2.9K
Shares

गोरखामा प्रहरीलाई गाली गलौच गर्ने युवक पक्राउ

गोरख, ११ जेठ : डिउटीमा रहेका प्रहरीलाई गाली गलौच गरी बाधा अवरोध गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४, घुनचोक घर भएका २५ बर्षका काजी मग्रातीलाई सोही ठाउँमा डिउटीमा रहेको प्रहरी माथि बाधा अवरोध गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीलाई मग्राती शंकास्पद अबस्थामा फेला पारेपछि सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीको टोलीलाई जथाभावी अपशब्द प्रयोग गरी गाली गलौच गरेको उहाँले बताउनुभयो ।

‘पक्राउ परेका मग्रातीले प्रहरी माथि धाक–धम्की देखाउदै डियुटीमा बाधा अवरोध पु¥याएपछि पक्राउ गरिएको हो, डिएसपी लामिछानेले भन्नुभयो,‘उनी माथी आज नै जिल्ला प्रसासन कार्यलयबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।’

मग्राती बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरि हिरासतमा राखेर अनुसन्धान अघि सुरु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।…दीपक श्रेष्ठ

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology