Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको बोर्लाङमा बच्चाले खेलाएको आगो सल्किएर आगलागी : तीन लाख रुपैयाको क्षती


5.5K
Shares

गोरखाको बोर्लाङमा बच्चाले खेलाएको आगो सल्किएर आगलागी : तीन लाख रुपैयाको क्षती

गोरखा ३, चैत ।  गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा आज दिउँसो आगलागीबाट रु ३ लाख रुपैया बराबरको क्षती पुगेको छ । डाँडाबारी स्थित स्थानीय सपना रोकाको ढुङगामाटोले बनेको धन्सारमा आगलागी हुदा धन्सार पूर्णरुपमा जलेर नष्ट भएको वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

दिउँसो २ बजेतिर लागेको आगो स्थानीयबासी र प्रहरीको सहयोगमा करिव १ घण्टामा नियन्त्रणमा लिइएको उहाँको भनाई छ । ‘आगलागीबाट ढुङगामाटोले बनेको धन्सार पूर्ण रुपमा जलेर नष्ट भएको छ, उहाँले भन्नुभयो, धन्सारमा रहेका दाउरा, पराल लगायतका सामानमा पनि पूर्ण रुपमा क्षति भएको छ ।’

धन्सारमा बाँधिएको बंगुर लगायतका चौपाया जोगाउन सफल भएको उहाँको भनाई छ । बच्चाले आगो खेलाउने क्रममा आगलागी भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology