Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

योगीको कुण्डल भेषभुषा र परिचय माथि अज्ञानता दर्शाउने कार्यको सिद्धाश्रम केन्द्र गोरखाको निन्दा


1.7K
Shares

योगीको कुण्डल भेषभुषा र परिचय माथि अज्ञानता दर्शाउने कार्यको सिद्धाश्रम केन्द्र गोरखाको निन्दा

गोरखा, ११ जेठ ।  श्री श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाले राष्ट्रिय परिचय पत्र बनाउन पुगेका योगीको कुण्डल, भेषभूषा, परिचय माथि नै अज्ञानता र अमानवीय बनाउने कार्य भएको भन्दै निन्दा गरेको छ । केन्द्रले आज जिल्ला प्रसासन कार्यालय गोरखा मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाउदै काठमाण्डौं प्रशासनमा आफ्नो राष्ट्रिय परिचय पत्र बनाउँन गएका पशुपति मृर्गस्थलीका पिठाधिश श्रीषनाथ योगीलाई पहिचान विहिन बनाउने कार्यले सम्पूर्ण वैद्विक सनातन नेपालको गौरवमय इतिहास बोकेको नेपाली माटो नेपाली मनमा आघात र ठेस पु¥याएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा उक्त कार्यले योगीहरुलाई नेपाली पहिचानमा बाच्न पाउने अधिकारको हनन भएको महशुस गराएको उल्लेख गर्दै केन्द्रले भत्र्सना गरेको हो । ‘तन्त्र, मन्त्र, योग र साधनाको थलो नेपाल विश्वमा नै अदृश्य शक्तिको थलो हो, ज्ञापन पत्रमा भनिएको छ, ‘सूष्म ज्ञान सूष्म शक्तिले सञ्चालित नेपालको विविधातामा एकता अनेकतामा एकता छ ।’नेपाल एकिकरण कालदेखि नै मान्यता पाउँदै आएका पिठ मठ मन्दिरमा रहेर आफ्नो धर्म, विधि र प्रथालाई बचाउदै परिचय दर्शाउने उनै गोरखनाथका उत्ताराधिकारीहरुले प्रयोग गर्ने कुण्डल र भेषभूषाको बेग्लै महत्व रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्ता भेषभुषाको मान सम्मान, आधार सत्कारको साटो घृणा, अपहेलना गर्ने कार्यले नेपाल र नेपाली माथि नग्न प्रहार मात्र भएको भन्दै ज्ञापन पत्रमा वैदिक सनातन धर्म माथि नै निर्मम प्रहार भएको उल्लेख छ । उक्त कार्यले रतन्नाथ योगी, भगवान्तनाथ योगी, नरहरीनाथ योगी, शिवशक्तिनाथ योगी लगायत साधु सन्तको योग, ध्यान, जपतप, इज्जत र बलिदानलाई धज्जी उडाइएको भन्दै केन्द्र उक्त कार्यको भत्र्सना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology