Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाबाट अबैध लागू औषध गाँजासहित एक जना पक्राउ


1.4K
Shares

गोरखाबाट अबैध लागू औषध गाँजासहित एक जना पक्राउ

गोरखा, ९ जेठ ।  अबैध लागू औषध गाँजासहित प्रहरीले गोरखामा एक जनालाई पक्राउ गरेको छ । आज बिहान करिब ९ बजेको समयमा गोरखा नगरपालिका वडा नम्बर १२ पाण्डे डि बस्ने बर्ष ६६ को मैते कामीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

कामीले आफ्नै घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा ४९८ ग्राम फेला परेको उहाँले बताउनुभयो । औषध लुकाई छिपाई राख्ने निज कामीलाई बिरुद्ध लागू औषध गाँजा शीर्षकमा मुद्दा दर्ता गरि गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डिएपी लामिछानेले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology