Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सरकारी कार्यालयमै जुवातास खेल्ने गरेको खुलासा


1.8K
Shares

सरकारी कार्यालयमै जुवातास खेल्ने गरेको खुलासा

कालिकोट । कालिकोटको जिल्ला मालपोत कार्यालय र नापी कार्यालय हाताभित्र जुवातास खेल्ने गरेको पाइएको छ । दुवै कार्यालयका कर्मचारीले शनिबारको दिन रमाइलो गर्न भनेर जुवातास खेल्ने गरेको पाइएको हो ।

मालपोत कार्यालयका कर्मचारि भक्त बहादुर शाही, नापी कार्यालयका कर्मचारि रंग बहादुर वुढा र मालपोत कार्यालयकै अर्का कम्प्युटर अपरेटर विरेन्द बहादुर शाही लगायतका सरकारी कर्मचारिको समुह कार्यालयकै हाताभित्र जुवातास खेलिरहेका भेटिएका हुन् ।

जुवातास खेलिरहेका कर्मचारिले मनोरञ्जनका लागि खेलेको भनेपनि उनिहरुले पैसा राखेर नै खेलेका हुन् । उनिहरुले यस अघिपनि कार्यालयको हाताभित्रै खेल्दै गरेको स्थानीयले बताउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्याले विदाको दिनमा भएपनि कार्यालय हाताभित्र जुवा खेल्न नपाइने बताउनुभयो । यदि खेलेकै प्रमाणित भए उनिहरुलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology