गोरखा, ६ जेठ । गोरखा जिल्ला भित्र बसोबास गर्ने तमु बिद्यार्थीहरुको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न भएको छ । तमू सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा गोरखा जिल्लामा छात्रवृत्ति बितरण गर्न आज विद्यार्थी छनोट लागी परिक्षा लिएको हो । शिक्षा क्षेत्रमा तमू (गुरुङ) बिद्यार्थीहरुको विकासको लागि तमू सास्कृतिक प्रतिष्ठान नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको अध्यक्ष राम बहादुर गुरुङले जानकारी दिनुभयो ।
छात्रवृत्ति छनौट कार्यक्रमको लागि छनौट परिक्षा सदरमुकाममा रहेको तमु ह्विल छोंज धिंको कार्यालयमा लिएको आयोजकले जानकारी दिएको छ । ८ पास गरी ९ कक्षामा गएका तमू (गुरुङ) बिद्यार्थीहरुले यस परिक्षामा सहभागीता रहेको थियो । परिक्षमा भिमसेन थापा गाँउपालिका र पालुङटार नगरपालिका बाहेक ९ वटा पालिकाका ३९ जना तमू (गुरुङ) बिद्यार्थीहरु सहभागी रहेको उहाँले बताउनुभयो । भिमसेन थापामा भने ९ कक्षमा अध्यायनरत गुरुङ विद्यार्थी नभएकाले परिक्षमा सहभागि नभएको अध्यक्ष गुरुङले बताउनुभयो ।
उहाँका अनुसार छात्रवृत्तिको परिक्षामा छनौट भएका बिद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म नियमित उत्तिण हुदाँ सम्म यो सेवा पाउनेछन् । प्रतिष्ठानले बनाएको नियम अनुसार सरकारी बिद्यालयमा अध्यापन बिद्यार्थीहरु परिक्षामा सहभागी भएका हुन् । गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई प्राथमिकता दिएको यो कार्यक्रममा गणित, विज्ञान, अंग्रेजी र नेपालीको परिक्षा एकै पेपरमा लिएको उहाँले बताउनुभयो । छनौट भएका बिद्यार्थीहरुले कक्षा ९ देखी १२ पास गर्दा प्रति बर्ष ८ हजार रुपैयाँका दरले छात्रबृत्ती पाउने प्रतिष्ठानले जानकारी दिएको छ ।
परिक्षको प्रतिफल असोज सम्ममा आउने आयोजकले जनाएको छ । तमु ह्विल छोंज धिं जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष गुरुङको प्रमुख आतिथ्तामा तथा तमू सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लोकबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।