Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु : अस्पताल तनाबग्रस्त


2.3K
Shares

दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु : अस्पताल तनाबग्रस्त

नवलपरासी ३, चैत । अस्पतालमा दाँतको उपचार गर्न गएकी महिलाको मृत्यु भएपछि रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा तनाव उत्पन्न भएको छ।

नवलपरासीको बर्दघाट नगरपपालिका ४ बस्ने वर्ष ५० की यमकुमारी पुनको उपचारका क्रममा सोमबार बिहान ८ बजेतिर मृत्यु भएपछि तनाव उत्पन्न भएको हो। गत फागुन ३० गते टाउकोमा समस्या आएपछि पुनलाई मेडिकल कलेजमा भर्ना गरिएको थियो।

आइसियुमा राखेर उपचार गराइरहेकोमा एक्कासी बिरामीको मृत्यु भएपछि आफन्त विरोधमा उत्रेका थिए। आइसियु कक्षमा विवाद हुँदा चिकित्सक घाइते भएका छन्। एमडी गर्दैगरेका चिकित्सक अर्चन घिमिरेको पेट र छातीमा चोट लागेको अस्पतालले जनाएको छ। तर, बिरामीका आफन्तले भने आफूमाथि अस्पताल प्रशासनले आक्रमण गरेको आरोप लगाएका छन्।

टाउकोको शल्यक्रिया गर्नुपर्ने भएपनि चिकित्सकले समयमा सुझाव नदिँदा बिरामीको मृत्यू भएको आफन्तले जनाएका छन्। स्थिति तनावग्रस्त भएपछि जिल्ला प्रशासनमा छलफल गरी मिलाउने प्रयास भइरहेको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी तैनाथ गरेपछि अहिले अस्पताल क्षेत्र सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology