Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

दरबार हत्याकाण्डको फेरि छानबिन हुनुपर्छ  : प्रधानमन्त्री दाहाल 


826
Shares

दरबार हत्याकाण्डको फेरि छानबिन हुनुपर्छ  : प्रधानमन्त्री दाहाल 

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको फेरि छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा जेठ ४ गते सांसदहरूको प्रश्नको जवाफ दिंदै दाहालले भन्नुभयो, “नेपालको इतिहासकै सबैभन्दा विभत्स दरबार हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्दछ।” २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुनेगरी दरबार हत्याकाण्ड भएको थियो । त्यतिवेला दरबार हत्याकाण्डको छानबिन पनि भएको थियो । छानबिन प्रतिवेदनले तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको थियो ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै दाहालले मदन भण्डारी(जीवराज आश्रितको ज्यान गएको दासढुंगाकाण्ड र गौर हत्याकाण्डको पनि नयाँ शिराबाट अध्ययन छानबिन हुनुपर्ने बताउनुभयो ।

२०५० जेठ ३ गते चितवनको दासढु‌ँगामा भएको जीप दुर्घटनामा नेकपा एमालेका महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ज्यान गएको थियो । त्यसको छानबिन गरिए पनि यथार्थ बाहिर आउन सकेको छैन ।

त्यस्तै, २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए । दुवै पार्टीले आमसभा आयोजना गरेपछि झडप भएको थियो । झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो। झडपमा ११५ जना घाइते भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology