तनहुँ ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य हरि बहादुर चुमानले समग्र प्रदेशको पत्रकारिता क्षेत्रको बिकासमा आफू दृढ़ रहेको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल तनहुँ जिल्ला शाखाको बार्षिक साधारण सभाको आज समुद्घघाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
माओवादी केन्द्र गण्डकी प्रदेश सभाको ससदीय दलका नेता समेत रहनुभएका उहाँले गण्डकी प्रदेशमा आफ्नै कार्यकालमा प्रदेश भरीका सन्चार माध्यमहरु सरक्षण र हितका निम्ति गण्डकी प्रदेशमा लोककल्याणकारी बिज्ञापनको सुरुवात गरेको बताउनुभयो । `प्रदेशमा मेरो कार्यकालमा जति सन्चार क्षेत्रको बिकासका निम्ति कहिलै काम भएको छैन, उहाँले भन्नुभयो, `प्रेस रजिस्ट्रार स्थापना गर्ने सवालमा कर्मचारीका कारण समस्या भएकै हो ।´
पत्रकारहरु आफ्नो क्षमता बिकासमा जोडदिनुपर्ने बताउदै उहाँले क्रान्तिकारी पत्रकारहरु थप जुझारु भएर अघाडी बढ्नु पर्नेमा जोड दिनुभयो । नेता चुमानले पत्रकारहरुले आफ्नो लेख रचनामा समेत निखारता ल्याउनु पर्ने बताउनुभयो । उहाँले तनहुँमा हिजोको जस्तो अबस्था नरहेको भन्दै निर्धक्क भएर काम गर्न प्रेस सेन्टर नेपालका पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव दीपक श्रेष्ठले प्रेस सेन्टर नेपाल बैचारिक हिसावले सबै सगठनभन्दा अब्बल सगठन रहेको बताउनुभयो । उहाँले क्रान्तीकारी भाव, बिचार र दृस्ठिकोणले प्रेस सेन्टर नेपालले अहिले नेपालको सबै श्रमजीवी पिछडिएका बर्ग समुदाय, आदिवासी जनजाति, दलित, महिला मुस्लिम लगायका कमजोर पारिएका बर्ग र समुदाय आवाज बुलन्द पार्ने सगठन रहेको बताउनुभयो ।
साधारणसभाको उदघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, प्रदेश सचिव अतेन्द्रकेसरी न्यौपाने, जिल्ला सयोजक मदन आले, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधव पनेरु लगायतको सहभागीता रहेको थियो ।