गोरखा, २ जेठ । गोरखाको अजिरकोट गाउँपालिकामा आधारभूत ढाका बुनाई तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा चैत ११ गतेदेखी सुरु भएको ४५ दिने आधारभुत ढाका बुनाई तालिम एक कार्यक्रम गरी सम्पन्न गरिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो । महिलाहरुलाई स्वरोजगार बनाई जिविकोपाजर्नमा सहयोग पु¥याउने उदेश्यले तालिम दिएको उहाँले बताउनुभयो ।
तालिमलाई प्रशिक्षक सिता गुरुङ र सुजता श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । उक्त ४५ दिने ढाका बुनाई तालिममा २० जनाको सहभागीता रहेका थियो । सहभागीहरुले सिकेका तालिमलाई व्यवहारमा लागु गरी आत्मनिर्भर हुन २० देखी २५ वटा सम्म मेसीन अट्ने घर बनाई दिन माग गरेका छन् । साथै आफुहरुले उत्पादन गरेक ढाकाका कपडाको बजार ब्यबस्थापन गरी दिन पनि माग राखेका छन् ।
उत्पादन भएका ढाकाका कपडाहरु राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार सम्म पु¥याई पालिकाको बिकास र प्रबद्धनमा जोड दिने पालिका अध्यक्ष दिपक देबकोटाले बताउनुभयो । समापनकार्यक्रममा पालिका अध्यक्ष देबकोटा, उपाध्यक्ष भुजेल, वडा नम्बर २ र ३ का अध्यक्ष कृष्ण गरुङ र बाबुराम बहादुर अधिकारीलगायतको उपस्थिती रहेको थियो ।
