गोरखा । आगामी चैत्र ६ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) को लागी सम्पुर्ण तयारी पुरा भएको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जानकारी दिएको छ । शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले २५ वटा बिद्यालयमा परिक्षा केन्द्र राखिएको जानकारी दिएको हो ।
‘२३ वटा बिद्यालयमा सोही बिद्यालयका प्रधानाध्यापकहरु केन्द्राध्यक्ष रहनुभएको इकाइका परिक्षा शाखा अधिकृत राम बहादुर अधिकारीले जानकारी दिनुभयो । तीन वटामा बिद्यालयमा अन्य बिद्यालयका शिक्षकलाइ केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
केन्द्राध्यक्ष हुनका लागी माध्यमिक तहको स्थायी शिक्षक हुनुपर्ने प्रावधान रहेको उहाले बताउनु भयो । जनजागृति आधारभूत बिद्यालय माछाखोला, भगवती हिमालय मावि घैरुङ रताङ्लीचोक मावि ताङ्लीचोकमा माविका स्थायी शिक्षक छैनन्, त्यसैले अन्य स्कुलका स्थायी शिक्षकलाइ केन्द्राध्यक्ष अधिकृत अधिकारीले बताउनुभयो ।
‘उत्तर पुस्तिका सबै परिक्षा केन्द्रमा पु¥याइसक्यौ, केन्द्र नजिकैको प्रहरी चौकीहरुमा प्रश्नपत्र पनि पुगिसक्यो,’ उहाँले भन्नुभयो । एसईई परिक्षामा गोरखा जिल्लाका ४५ सय २८ बिद्यार्थी सहभागी हुदैछन् । प्राविधिक तर्फ १ सय १३, खुल्ला विद्यालय तर्फ १६, पुरक ग्रेड वृद्धि परिक्षा तर्फ २१ जना बिद्यार्थी परिक्षामा सहभागी हुने परिक्षा शाखा प्रमुख अधिकारीले बताउनुभयो ।
जनजागृती आधारभूत विद्यालयमा सरस्वती मावि आहालेका शिक्षक मेघनाथ लामिछानेलाइ, भगवती हिमालय माविमा भवानी मावि ठाटीपोखरीका शिक्षक चेतनाथ पन्त र ताङ्लीचोक माविमा भवानी माविका शिक्षक पिताम्वर देवकोटालाइ केन्द्राध्यक्ष तोकिएको उहाँले बताउनुभयो । बिद्यालयमा ७५ प्रतिशत हाजिर नपुगेका, फारम नभरेका, कक्षा छाडेका लगायतका बिद्यार्थी परिक्षामा सहभागी हुन नपाएको अधिकारीले जानकारी दिनुभयो ।