Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

‘हल्कारा’ अभिनेता महेश त्रिपाठीलाई इटालीको फिल्मबाट प्रस्ताव


1K
Shares

‘हल्कारा’ अभिनेता महेश त्रिपाठीलाई इटालीको फिल्मबाट प्रस्ताव

काठमाडौं, १ जेठ । ‘हल्कारा’ फेम्ड अभिनेता महेश त्रिपाठीलाई २०८० साल फापेजस्तो देखिएको छ । अहिले हलमा चलिरहेको उक्त फिल्मबाट उनले उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका छन् । सोही फिल्मबाट उनले अमेरिकाको ह्युस्टन फेस्टलगायतका अन्तर्राष्ट्रिय अवार्डमा पनि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते ।

त्रिपाठीलाई लिएर नयाँ खबर छ । उनलाई इटालीको एक फिल्ममा अभिनयका लागि प्रस्ताव आएको छ । भारत र युरोपमा छायांकन गर्न लागिएको यो सोसल ड्रामा फिल्मका लागि निर्देशक एलेक्स बसेफ र निर्माताले महेशलाई प्रस्ताव गरेका हुन् । आफूलाई फिल्मको शीर्षमध्येको एक भूमिकामा प्रस्ताव गरिएको त्रिपाठीले जानकारी दिनुभयो ।

निर्माताको प्रस्ताव अनुसार नै उहाँले आफ्नो व्यक्तिगत परिचय सहितको सीभी, फिल्मको क्याटालग सहितको डकुमेन्ट इटाली पठाएका छन् । ‘उहाँहरुले अन्तर्राष्ट्रिय फेस्टिभलबाटै चिनेर मलाई अप्रोच गर्नुभएको रहेछ,’ उहाँले भन्नुभयो, ‘मेजर क्यारेक्टर नै रोल भन्नुभएको छ ।’ उहाँले यो फिल्मलाई लिएर विस्तृत कुरा आउन बाँकी रहेको बताउनुभयो।

अहिले हलमा चलिरहेको ‘हल्कारा’को व्यावसायिक पाटो कमजोर रहे पनि अभिनेताको रुपमा महेशलाई भने फाइदा पुगेजस्तो देखिएको छ । उनले यसबाट सकारात्मक समीक्षा प्राप्त गरेका छन् । आगामी प्रोजेक्टमा विशुद्ध आर्टहाउस र विशुद्ध कमर्सियल फिल्मभन्दा पनि दुवै पक्षका फिल्मलाई सन्तुलनमा मिलाएर काम गर्ने सोचमा उनी छन् । महेश अभिनित ‘प्रसाद २’ र ‘चपली हाइट ३’ प्रदर्शन भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology