Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सम्पन्न


1.6K
Shares

ट्राफिक प्रहरीको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

गोरखा, १ जेठ । गोरखामा ट्राफिक सप्ताह कार्यक्रमको सम्पन्न भएको छ । गत २५ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह विभिन्न जनचेतनामूलक कार्यक्रमसहित आज साँझ दिप प्रज्वलन गरी समापन गरिएको हो । अहिले सम्म सवारी दुर्घटनामा परी दिवांगत भएकाहरुको सम्झनामा दिप प्रज्वलन गरी कार्यक्रमको सम्पन्न गरिएको जिल्ला ट्राफिक कार्यलय इन्र्चज बेदनाथ भण्डारीले जानकारी दिनुभयो ।

ट्राफिक सप्ताह कार्यक्रमका लागी बैशाख ११ गते देखि नै बजार तथा ग्रामीण क्षेत्रमा जनचेतनामुलक जिङ्गल बजाएको थियो । ट्राफिक सप्ताहमा पहिलो दिन विपिचोकदेखि जिल्ला समन्वय समिति हालसम्म जनचेतनामूलक ¥याली गरी लामो दुरीका सार्वजनिक सवारी साधनहरुमा ट्राफिक सप्ताह २०८० लेखेको ब्यानर टाँस गरी गरी जनचेतनामुलक प्रचा पम्पेट समेत बितरण गरीएको कार्यलय प्रमुख भण्डारीले बताउनुभयो । दोस्रो दिन जनचेतना मुलक प्रर्चा पम्लेट बितरण, चोकचोकमा स्वयमसेवक परिचालन गरी सडक प्रयोग कर्तालाई बाटो काट्न सिकाईएको तथा गल्ती गर्ने चालकलाई सम्झाई बुझाई गराएको हो ।

सप्ताह अन्तरगत तेस्रो दिन माक्स बितरण, जनचेतना मुलक माईकिङ तथा स्टिकर टाँस गरीएको, जेब्राक्रस नभएको स्थानमा बाटो काट्न सिकाईएको थियो । यसैगरी चौथो दिन जनचेतना मुलक पर्चा पम्प्लेट बितरण गरी स्वयं सेवक, यात्रु चालकहरुबाट समेत बाचन गर्न लगाईएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । चालक तथा यात्रुलाई छत तथा हुटमा यात्रा हुने खतरा बारे प्रशिक्षण कार्यक्रम गरिएको थियो । सिट क्षमता भन्दा बढी यात्रु अनुगमन, बढी भाडा दर अनुगमन तथा आरक्षण सिट अनुगमन समेत गरीएको थियो । उहाँका अनुसार सडकमै सवारी चालक तथा सह—चालकहरुलाई जुत्ता, पोशाक प्रयोग, ओभरटेक सम्बन्धी प्रशिक्षण प्रदान गरीएको थियो ।

ट्राफिक सप्ताहको ब्यानर सहित मानिसहरुको बढी आवतजावत हुने स्थानमा सडक प्रयोग कर्तालाई प्रशिक्षण प्रदान गरीएको थियो । यस्तै पाचैँ दिन गाँउ गाँउमा र बिद्यार्थिलाई ट्राफीक सचेतना कार्यक्रममा सरिक गराई सरकारी कर्मचारी सशस्त्र प्रहरीलाई प्रशिक्षण गराएको उहाँले बताउनुभयो । बजार क्षेत्रका बिभिन्न स्थानमा जनचेतनामुलक तथा दुर्घटना न्युनिकरण सम्बन्धी बोडहरु राखीएको छ । छैटौं दिन जिल्ला अस्पताल गोरखा संग समन्वय गरी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरिएको सवारी साधनको यान्त्रिक परिक्षण गरिएको थियो ।

यस्तै यातायात ब्यवसायी तथा अन्य सरोकारवाला निकाय संग अंतरक्रिया गरि ट्राफिक सप्ताह २०८० समापन गरिएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, पोखरा महानगरपालिका नगर कार्यापालिकाको कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टूाफिक व्यवस्थापन कार्यालय कास्कीको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको सहकार्य तथा समन्वयमा सत्पाहव्यापी कार्यक्रम संचालन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology