Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै


1.5K
Shares

पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं, ३१ वैशाख । खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकाहरूलाई आज खोप लगाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बृहत् खोप अभियान अन्तर्गत आज देशैभरी पाँच वर्षभन्दा मुनिका बालबालिकाहरूलाई खोप लगाउन लागिएको हो।

अभियानअन्तर्गत जन्मेदेखि १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइने छ। जन्मेदेखि १५ महिनाभित्र बिसीजी, टाटा पोलियो, पिभिसी,डिपिटी, हेपटाइटिस बी, पोलियो, एफआईपिभी, दादुरा,रूबेला, जापानिज इन्सेफ्लाइटिस् लगायतका खोप लगाउनुपर्छ।

यी खोप लगाउन छुटेका बालबालिकाहरूलाई नजिकैको स्वास्थ्य संस्थामा लगेर निःशुल्क खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। ‘पूर्ण खोप लिएर सबै सुरक्षित नहुँदासम्म कोहीपनि सुरक्षित हुँदैनन् त्यसैले सबै बालबालिकालार्य पूर्णखोप लगाइदिऔं,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology