Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भूकम्पको कारण भत्किएको बिद्यालय निर्माण नहुदा खुल्ला आकास मुनि पढ्दैछन चेपाङ बालबालिका


3.4K
Shares

भूकम्पको कारण भत्किएको बिद्यालय निर्माण नहुदा खुल्ला आकास मुनि पढ्दैछन चेपाङ बालबालिका

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ८ दुङवाङको जलदेवी आधारभूत विद्यालयमा अहिले पनि बालबालिका खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् । बालकक्षा (इसीडी) देखि ३ कक्षासम्म पढाइ हुने सो विद्यालयको एउटा मात्रै रहेको ४ कोठे भवन २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि क्षतविक्षत भएको थियो ।

बिद्यालयमा भएको एउटै मात्रै भवन पनि भूकम्पका कारण जोखिमपूर्ण भएको थियो । २०७२ सालको बिनासकारी भूकम्प पछि तत्काल विभिन्न संघसस्थाको सहयोगमा बनाइको अस्थायी टहरा र खुल्ला आकाशमुनी नै राखेर विद्यार्थीलाई पठन(पाठन गराइरहेको शिक्षकले बताउनु भएको छ ।

खुल्ला आकाशमुनी विद्यालयको आगनमै राखेर पढाउँदा पनि बस्ने चकटीसमेत गतिलो नहुँदा ढुङगा तथा पर्खालमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक नन्द बहादुर बोहोराले बताए ।  भूकम्पले भत्कार पछि पठन पाठन गर्ने कक्षा कोठा त छैन तर पनि त्यहाँ राखेर पढाउँदा झन ठूलो दुर्घटना हुने डरले टहरा र आँगनमै राखेर पढाइरहेका बिद्यालय ब्यावस्थापन समितिका एक सदस्यले बताउनु भयो ।

पानी परेको बेला र धेरै घाम लागेको बेलामा बालबालिकालाई अस्थायी टहरा र भूकम्पले चर्काएको भवनको कम क्षति भएको एउटा कोठामा एकैठाउँमा राखेर पढाई गरिदै आएको शिक्षक बिनिता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology