गोरखा, २९ बैशाख । योङ्ग कम्युनिष्ट लिग नेपाल गोरखा जिल्ला समन्वय समितिले आज जिल्ला सदरमुकाम हरमटारी चोकमा भ्रष्टचार बिरुद्द बर्तमान सरकारको कदम प्रति ऐक्यबद्दता तथा खबरदारी कार्यक्रम गरेको छ । वाईसिएल नेपालको सकुर्लर अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी हित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै कार्यक्रम गरिएको जिल्ला संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रको आयोजनामा आज ७७ वटै जिल्लामा यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । वाईसिएल गोरखाले सदरमुकाममा सांकेतिक रुपमा ऐक्यब्दता तथा खबरदारी कार्यक्रम हो । सहभागीहरूले ‘टोपबहादुर रायमाझी खोई रु, भ्रष्टाचार जघन्य अपराध हो, आइ एम विथ प्रचण्ड’ लगायत नारा लेखिएका पम्पेलेटसहित प्रदर्शन गरेका थिए ।
गोरखाली जनताले जिताएर पठाएको प्रधानमन्त्री तथा गृहमन्त्रीले चालेको विशेष कदममा ऐक्यबद्द भई साथ दिनका लागी अपिल गरिएको संयोजक श्रेष्ठले बताउनुभयो । भ्रष्टचारीको कुनै लिङग, जात र धर्म नहुने उहाँको भनाई छ । ‘भ्रष्टचारीको जात हुदैँन, लिङग हुदैंन, धर्म हुदैंन, भ्रष्टचारी जो कोही भए पनि संरक्षण गर्नु हुदैंन भनेर खबरदारी गरिएको हो ’ उहाँले भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डेले भ्रष्टचारी विरोधी सरकारको कदममा आफुहरुको समर्थन रहेको बताउनुभयो ।शुक्रबार ¥याली गर्दै वाइसीएलका नेता कार्यकर्ताले हरमटारीमा कोणसभा समेत गरेका छन् । सभालाई जिल्ला संयोजक श्रेष्ठ र अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष पाण्डेले सम्बोधन गर्नु भएको थियो ।