Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकी प्रदेशमा दिपक मनाङे सहित चार मन्त्री थपिँदै


889
Shares

गण्डकी प्रदेशमा दिपक मनाङे सहित चार मन्त्री थपिँदै

कास्की, २९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तारको तयारी थालेका छन् । कांग्रेसका गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले आजै चार जना मन्त्री थपिन लागेको बताउनुभयो ।

उहाँका अनुसार कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट दिपक मनाङेलाई मन्त्री बनाउन लागिएको छ ।

वैशाख १४ गते गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता पाण्डे पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन माओवादीबाट गोरखाकी सुशीला सिम्खडा र कांग्रेसबाट स्याङ्जाकी सरस्वती आचार्य मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री पाण्डेले आजै थप चार मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले छलफलमा छु । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology