Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखामा भिजिट भिसामा बिदेशी नागरिक, कोही समाज सेवा कोही कृषि पेसा गर्दै


3.5K
Shares

गोरखामा भिजिट भिसामा बिदेशी नागरिक, कोही समाज सेवा कोही कृषि पेसा गर्दै

 

गोरखा । पर्यटक भिसाामा आएका बिदेशी नागरिकहरु गोरखाको बिभिन्न गाउँमा रहेको भेटिएको छ । पासपोर्टमा भिजिट भिसा भएपनि बिभिन्न गाउँमा समाजसेवा, कृषि ब्यावसाय गर्दै लामो समय सम्म गोरखामा बसोबास गर्दै आएको भटिएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

यस्तो पेसा ब्यावसाय गर्नेहरुमा हल्याण्ड, स्पेन, फ्रान्स, नेदरल्याण्डका नागरिक रहेको भेटिएको हो । यस्तो भेटिएकाहरु कोही खेति गर्दै त कोही समाज सेवाको बाहानामा गोरखामा भेटिएको जिल्ला प्रसासन कार्यलयले जानकारी दिएको छ । पालुङ्टार नगरपालिका २ आपपिपल अस्पतालमा नेदरल्याण्डको २ नागरिक आपपिपल अस्पतालको उपचार पद्धतिको अबलोकन गर्दै बस्दै आउनु भएको इलका प्रहरी कार्यलय ठाटीपोेखरीले जानकारी दिएको छ ।

त्यस्तै अजिरकोट गाउपालिकामा फ्रान्सका नागरिक भिजिट भिसामा कफि खेति गर्दै बिगत चार वर्ष देखि बस्दै आएको भच्चेक प्रहरी कार्यलयले जानकारी दिएको छ । पालुङ्टार नगरपालिकाको ८ हजार फाँटमा हल्याण्डका नागरिक ११ वर्ष भन्दा बढि देखि समाजसेवाको नाममा गोरखा बस्दै आएको खुल्न आएको छ । गोरखाको धार्चे गाउपालिकामा पनि स्पेनका नागरिक बिद्यालयमा पढाएर बस्दै आएका छन ।
भिजिट भिसामा आएकाहरु ६÷६ महिनामा आफ्नो पासपोटमा भिसा थप्दै बसोबास गर्दै आई रहेको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ । कोही खेति गर्दै त कोही समाजसेवा गर्दै आई रहेको स्थानियहरु बताउछन । बिद्यालयमा कम्प्युटर, ल्याब, पुस्तकालय निमार्णमा सहयोग गर्ने त कोही बिद्यालयमा नै पठाएर गोरखामा बस्र्दै आएको भेटिएको हो । गोरखामा बिदेशीले बिभिन्न बाहानामा धर्म प्रचार गर्दै बसोबास गरेको भटिए पछि जिल्ला प्रसासन कार्यलयले बिदेशी नागरिकहरु खोज्ने क्रममा यीनीहरुलाई भेटिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology