गोरखा, २९ वैशाख । सिरानचोक गाउँपालिका ५ चित्रेपोखरीमा वृहत नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सम्पन्न स्वास्थ्य शिविरबाट ९ सय भन्दा बढिले स्वास्थ्य लाभ लिएका छन् । सिरानचोक गाउँपालिका र कर्मफलाईटस फाउन्डेसन नेपाल पोखराको संयुक्त आयोजनामा भएको दुई दिने स्वास्थ्य शिविरमा ९ सय १७ जनाले लाभ लिएका हुन् ।
जसमा स्त्री रोगका १६१, हाडजोर्नी तथानसा रोगका ३१७ र २१६ जनाले भिडियो एक्सरे गराएका छन् । यस्तै २०५ जनाको ईसिजीजाँच, २६१ जनाको पिसाबजाँच, ३१० जनाले रगत सुगर जाँच, ५१५ जनाले आँखाजाँच गर्नुका साथै ३७५ जनालाई निशुल्क चश्मा वितरण गरिएको छ । यसैगरी अपांगताजाँच, फिजियो थेरापी सेवा तथा आबश्यकता अनुसारको औषधि समेत निःशुल्क बितरण गरिएको थियो ।
कर्मफलाईटस फाउन्डेसन नेपाल पोखराका वरिष्ठ फिजिसियन डा. सरिज पोखरेलको नेतृत्वमा कृष्ण पाण्डे, उमेश चन्द्र देबकोटाका टिमले स्वास्थ्य परीक्षण गरेका थिए । पालिकाभित्रका स्वास्थ्य स्वास्थ्यकर्मी, स्वयम सेवक तथा कर्मचारीहरुले सहजीकरण गरेको आयोजकले जनाएको छ ।