गोरखा, २७ वैशाख । जिल्ला समन्वय समिति गोरखाका एक जना कर्मचारी समन्वय भवन भित्रै मृत भेटिएका छन्। समितिले करारमा राखेका कार्यालय सहयोगी आइतलाल गुरुङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिजुभयो ।
सिरानचोक गाउँपालिका १ केराबारीका ५५ बर्षीय गुरुङ आज बिहान करिब ९ बजेतिर उनी सुतेको ओछ्यानमै मृत अबस्थामा फेला परेको उहाँले बताउनुभयो । मृतक गुरुङ ४ वर्षदेखि कार्यालय सहयोगीको रूपमा कार्यरत थिए। हिजो बेलुकी खाना खाएर सुतेको र बुधवार खाना खाने बेला भयो भन्दै खरिदार गुरुङ सुत्ने कोठामा पुग्दा भित्रबाट चुकुल लगाएको रहेछ धेरै पटक बोलाउदा पनि नबोले पछि प्रहरीलाई खबर गरेको समन्वय प्रमुख मोहनबहादुर थापा मगरले जानकारी दिनुभयो ।
प्रहरीले कोठा फोरी हेर्दा गुरुङ मृत अवस्थामा फेला परेको हो । त्यस लगत्तै उहाँका छोरीलाई खबर गरीएको थियो । मृतक गुरुङका छोरीको भनाई अनुसार उहाँ सुगर र प्रेसर रोगको बिरामी थिए। शव पोस्टमार्टम पछि परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।