गोरखा, २७ वैशाख । गोरखामा ग्रामिण बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धि परियोजना सम्पन्न भएको छ। कल्स ओवर रिजेज नेपालको आयोजनामा भएको ९० दिने परियोजनामा गोरखा नगरपालिका वडा नंं. ६ पाटेचौर स्थित शक्ति माध्यमिक बिद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत २५ जना बिद्यार्थीहरु सहभागी भएका थिए । परियोजना अन्तरगर्त विद्यार्थीका लागी सञ्चालित ९० दिने इङलिस् डेभलभमेन्ट विथ कम्प्युटर कोर्स एन्ड सफ्ट स्किल डेभलभमेन्ट परियोजना आज एक कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
परियोजना अन्र्तगत बिद्यार्थीहरुको आवश्यकता पहिचान गरि अङग्रेजी भाषालाई सञ्चारको माध्यममा बिकास गर्ने, कम्प्युटरलाई शैक्षिक उपकरणको रुपमा प्रयोग गर्ने साथै ब्यबहारिक क्षमताको वृद्घि गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको कल्स ओवर रिजेज गोरखाका कार्यक्रम व्यवस्थापक राजेश श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी २ जना बिद्यार्थीहरुले नेपाली र अङग्रेजी भाषामा साथै प्रशिक्षक छिरिङ छोइजोम लामाले आफ्नो अनुभव तथा सिकाई आदानप्रदान गर्नुभयो ।
परियोजनामा नियमित रुपमा शतप्रतिशत उपस्थित हुने १५ जना बिद्यार्थीहरु लाई जनही रु९००० का दरले चेक समेत अभिभावकको रोहवरमा प्रदान गरिएको ब्यबस्थापक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सहभागी बिद्यार्थीहरु लाई प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कल्स ओवर रिजेज नेपालको दातृ संस्थाका सह–संस्थापक रिकाश लिन र यामिली छाई शक्ति मा.बिका प्रधानाध्यापक बद्री अर्याल, कल्स ओवर रिजेज नेपालका शिक्षक प्रशिक्षक तथा सल्लाहकारहरु लक्ष्मण बाबु आर्चाय र कृष्ण प्रसाद पराजुलीको सहभागीता रहेको थियो ।