Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

पोखरामा अर्पण थापा स्टारर ओटीटी सिरिज ‘ब्रह्माण्ड’को छायांकन सकियो


1.3K
Shares

पोखरामा अर्पण थापा स्टारर ओटीटी सिरिज ‘ब्रह्माण्ड’को छायांकन सकियो

काठमाडौं, २७ बैशाख । कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ । कुल आठ एपिसोडको हुने यो सिरिजको लम्बाइ आठ घण्टा हुने जनाइएको छ ।

सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ, राजन खतिवडा, सरिता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय छ । सञ्जय ढुंगाना र सुप्रज्ञा शर्माले सिरिजबाट डेब्यु गर्दैछन् । रियाज नाटककारको लेखन तथा निर्देशन रहेको सिरिजलाई ‘लुट’ फेम्ड पुरुषोत्तम प्रधानले खिचेका छन् ।

सिरिजलाई नेपाली, हिन्दी र अंग्रेजी भाषाको ओटीटीमा रिलिज गरिने भएको छ । पछिल्लो समय दर्शकको नेपालमा समेत ओटीटी प्लेटफर्मलाई लक्षित गर्दै सिरिजहरु निर्माण सुरु हुन थालेका छन् । पोखरास्थित टोपी अन्तिम दृश्य खिच्दै सिरिज ‘इन्डकल्याप’ भएको एकेडेमीका सीईओ प्रकाश पुरीद्वारा प्रेषित विवरणमा जनाइएको छ । यो सिरिजमा पछिल्लो समय चर्चामा रहेका नेपाली कलाकारहरु आबद्ध छन् । एकेडेमीले यसअघि फिचर फिल्म ‘म’ निर्माण गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology