Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अख्तियारको दुरुपयोग गरेको भन्दै गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख खड्कालाई कारवाहीको माग


2.3K
Shares

अख्तियारको दुरुपयोग गरेको भन्दै गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख खड्कालाई कारवाहीको माग

गोरखा, २६ बैशाख : गोरखा नगरपालिकामा कार्यरत नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले अख्तियारको दुरुपयोग गरेको भन्दै वडाध्यक्षहरुले कारवाहीको माग गरेका छन् । निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहेका बेला २०७९ फागुन १ गते एक महिना अघिदेखि नै लागू हुनेगरि गोप्य रुपमा प्रमुख खड्काले वडामा कार्यरत कार्यालय सहायकको तलव बृद्धि गरेको पाइएपछि नगरपालिका भित्रका ६ वटा वडाका वडाध्यक्षहरुले आज कारवाहीको माग गर्दै प्रमुख प्रशासकिय अधिकृत कमलबहादुर पुनलाई ज्ञापन पत्र बुझाएका हुन् ।

प्रमुख प्रशासकिय अधिकृत पुनलाई बुझाइएको ज्ञापन पत्रमा वडाध्यक्षहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को बिपरित हुनेगरि शिक्षा शाखा प्रमुख खड्काले आर्थिक अधिकार नहुदा नहुदैँ कार्यालय सहायकको आफुुखुशी तलव बृद्धि गरेको उल्लेख गरेका छन् । ज्ञापन पत्रमा नगर कार्यपालिकामा प्रस्ताव गरि निर्णय गर्नुपर्ने बिषयहरुलाई समेत शिक्षा शाखा प्रमुखले जथाभावी गरेर अधिकारको चरम दुरुपयोग गरेकाले तत्काल कारवाही प्रक्रिया अघि बढाउन माग गरेको वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

ज्ञापनपछि बुझाएपछि पत्रकार सम्मेलनको आयोजना गरि वडाध्यक्षहरुले शिक्षा शाखा प्रमुख खड्काले आफ्नो वडाका व्यक्ति र आफु निकट कर्मचारी भएकाले वडा नम्बर ९ को वडा कार्यालयमा कार्यरत कार्यालय सहायक गोमा कुँवरको गोप्य रुपमा तलव बृद्धि गरेको र कार्यकालको समेत नविकरण गरेको तथ्य फेला परेको बताउनुभयो । करार सम्झौता थप गरेको बारेमा समेत उहाँले कसैलाई जानकारी नदिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

‘प्रमुख प्रशासकिय अधिकृत, नगरप्रमुख लगायत कसैलाई जानकारी नै नगराई निमित्त भएका बेला आर्थिक अधिकार नहुदाँ नहुदै पनि आर्थिक अधिकारको प्रयोग गर्नु भष्ट्राचार हो, पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘गलत कार्य गर्ने जो सुकैलाई कारवाहीको दायरामा ल्याउनुुपर्छ ।’ शिक्षा शाखा प्रमुख खड्काले कार्यालय सहायक कुँवरले खाइपाई आएको पन्ध्र हजार रुपैया तलव बृद्धि गरि अठार हजार ९१७ रुपैया पु¥याउने गरि गोप्य रुपमा सम्झौता गर्नुभएको थियो ।

त्यस्तै शिक्षा शाखा प्रमुख खड्काले यहीँ बैशाख १२ गते नगरपालिकाको एक बिधालयमा अग्रेजी निम्न माध्यामिक बिषयको शिक्षक नियुक्ती गर्दा समेत आफ्नो नातेदार पर्ने व्यक्तिलाई सेटिङमा नियुक्त गरेको वडाध्यक्षहरुले आरोप छ । शिक्षक नियुक्तिका क्रममा परीक्षामा सामेल भएका १५ जना मध्ये पहिलो चरणमा नै एकजनालाई मात्र उर्तिण गराई परीक्षामा सेटिङ गरेको वडाध्यक्षहरुले दावी गरेका छन् । शिक्षा शाखा प्रमुख माथि कारवाही प्रक्रिया अघि नबढाएसम्म नगरकार्यपालिकाको बैठकमा सहभागी नहुने वडाध्यक्षहरुले चेतावनी समेत दिएका थिए ।

प्रमुख प्रशासकिय अधिकृत पुनलाई बुझाइएको ज्ञापन पत्रमा शिक्षा शाखा प्रमुख खड्कालाई कारवाहीको माग गर्दै वडा नम्बर ४ का वडाध्यक्ष लालप्रसाद भट्टराई, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रकुमार जोशी, वडा नम्बर ७ का वडाध्यक्ष बिष्णुप्रसाद श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष ऋषिराम खत्री, वडा नम्बर ११ का वडाध्यक्ष रामबहादुर खड्का र वडा नम्बर १४ का वडाध्यक्ष गोपालबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology