Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा विद्यार्थीको निःशुल्क कान चेकजाँच हुने


2.1K
Shares

गोरखामा विद्यार्थीको निःशुल्क कान चेकजाँच हुने

गोरखा, २६ वैशाख । गोरखामा विद्यार्थीको निःशुल्क कान चेकजाँच तथा हियरिङ एड प्रदान कार्यक्रम हुने भएको छ । लियो क्लव अफ गोरखाको आयोजनामा जिल्ला भित्र रहेका कान कम सुन्ने वद्यार्थीहरुको निःशुल्क कान चेकजाँच तथा हियरिङ एड प्रदान गर्न लागिएको हो ।

कान कम सुन्नाले पढाई लेखाईमा अत्यन्तै समस्यामा परेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष बाल कृष्ण परियारले जानकारी दिनुभयो ।

लक्षित वर्गका विद्यार्थीहरुको कान स्पष्ट सुन्नलाई सजिलो बनाउने उद्देश्यका साथ जेठ १३ गते शनिबारका दिन कान चेकजाँच तथा निशुल्क हियरिङ एड प्रदान गर्न लागिएको उहाँले बताउनुभयो । उक्त समस्या भएका विद्यार्थीहरुको पहिचान गरि जेठ १० गते भित्रमा फोन मार्फत नाम दर्ता गराईदिन क्लबले आग्रह गरेको छ ।

लायन्स क्लब अफ गोरखाको समन्वयमा हुने कार्यक्रममा कान रोग बिशेषज्ञहरुबाट चेकजाँच पश्चात आवश्यकता अनुसार मात्रै उक्त मेसिन निशुल्क प्रदान गरिने अध्यक्ष परियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology