गोरखा २६ बैशाख । गण्डकी प्रदेशकी बिना बिभागीय मन्त्री सुशिला सिखडाले अहिले गोरखालाई बिकास र समृद्धिका लागि अबसर र चुनौती दुबै रहेको बताउनु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भीमसेन थापा गाउँपालिकाद्वारा आज लामाचौरमा आयोजित पार्टीको पूर्ण बैठकलाई सम्बोधन गर्नुहुदै मन्त्री सिखडाले बिकास र समृद्धि जनताले चाहे जस्तो एकै चोटि अहिले सम्भव नभएपनि अबको चार बर्षमा केही न केही बिकास र समृद्धिको ढोका खुल्ने बताउनुभयो ।
`गोरखालाई बिकास र समृद्धिको दुबै अबसर छ, मन्त्री सिखडाले भन्नुभयो,`सहि योजना बनाए काम गर्न सके पाँच बर्षमा नयाँ परिवर्तन निश्चित छ, उहाँले भन्नुभयो, ` यो सगै अब हामीले बिकास र समृद्धिका क्षेत्रमा भइ रहेका बेथितिलाई अन्त्य गर्नु हार्मो लागि चुनौती पनि छ ।´ उहाँले बिकास निर्माण क्षेत्र भइरहेका भ्रष्टाचार बेथिति र ढिला सुस्तीको अन्त्य गर्नै पर्नेमा जोड दिनुभयो ।
गोरखाबाट निर्वाचन जितेर गएका माओवादीका नेताहरुले जनतालाई धोका नदिने बताउनुभयो । अहिलेको पछिल्लो राजनीति परिस्थितिलाई हेरेर सबै आ-आफ्नो ठाउँबाट समीक्षा गर्नुपर्ने बेला आएका बताउनुभयो ।
अहिलेको उपलब्धिलाई सिध्याउन एउटा गिरोह ससद र सडकमा लागि परेको भन्दै माओवादीको बलिदानले प्राप्त अधिकारको आ-आफ्नो ठाउँबाट रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
`ससदमा एउटा गिरोह गणतन्त्र, संघीयता धर्म निर्पेक्षता लगायतका बिरुद्धमा लागि रहेछ्न, मन्त्री सिखडाले भन्नुभयो, `पछिल्लो ससदम भएको गतिविधि हेर्दा माओवादी र माओवादी अध्यक्ष प्रचण्डमाथी निरन्तर हमला भइरहेको छ ।´
उहाँले समाजमा रोजगारीको अबसर सिर्जना गर्न र आर्थिक आयआर्जन वृद्धिका लागि एक ब्यक्ती एक सिपको बिकास गर्दै लैजानुपर्नेमा जोडदिनुभयो । मन्त्री सिखडाले संघीयता माओवादीले जन्माएकाले माओवादीले हुर्काउनु पर्ने बताउनु भयो ।
बैठकमा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा, पार्टी गण्डकी प्रदेश समितिका सदस्य मालाती भट्ट, पार्टीको भीमसेन थापा सम्पर्क समन्वय समितिका सचिव प्रेम बराम, गाउँपार्टी समितिका उपाध्यक्ष नारायण श्रेष्ठ, सागर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । बैठक पार्टीका भीमसेन थापा गाउँपालिकाका अध्यक्ष सुजन पाण्डे (सुजन)को अध्यक्षतामा सप्पन्न भएको हो ।