Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा हो–हल्ला अशान्ति मच्चाएको आरोपमा एक युवकलाई पक्राउ


1.2K
Shares

गोरखामा हो–हल्ला अशान्ति मच्चाएको आरोपमा एक युवकलाई पक्राउ

गोरखा, २५ बैशाख ।  गोरखामा हो–हल्ला गरि अशान्ति मच्चाएको आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका–.६, गाँखु घर भएका २२ बर्षिय अशोक गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिबार राती साढे ११ बजेको समयमा मादक पदार्थ रक्सी सेवन गरि गुरुङ्गले स्थानीयहरुलाई अपशब्द प्रयोग गर्ने, तथानाम गाली गलौज गर्नुका साथै ईट्टा, ढुङ्गा समेतले प्रहार गरि हो–हल्ला अशान्ति मच्चाएको प्रहरीको भनाई छ ।

पक्राउ परेका गुरुङलाई हिजो पक्राउ गरिएको भएपनि आजमात्र अभद्र व्यवहार गर्न नहुने कसूर शीर्षकमा मुद्दा दर्ता अनुसन्धान अघि बढाइएको छ । उनि माथि जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप अनुमती लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology