Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

१२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार


1.2K
Shares

१२ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं, २५ वैशाख। सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विभिन्न अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । जसमध्ये १८ अर्ब १८ करोड नवीकरणका लागि बोलकबोल हुनेछ भने १२ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न बोलकबोल हुन लागेको हो ।

२८ दिन अवधिको ३ अर्ब,९१ दिन अवधिको ७ अर्ब १० करोड, १८२ दिन अवधिको ६ अर्ब र ३६४ दिन अवधिको २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै ९१ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब गरी १२ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको हो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology