Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

माओवादी दलित मुक्ति मोर्चाको अध्यक्षमा शेर्पाली चयन


938
Shares

माओवादी दलित मुक्ति मोर्चाको अध्यक्षमा शेर्पाली चयन

काठमाडौं, २५ वैशाख । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा दलजित शेर्पाली चयन भएका छन् । वैशाख २३ र २४ गते सम्पन्न भएको छैठौ राष्ट्रिय महाधिवेशनबाट शेर्पाली अध्यक्षमा चयन हुनु भएका हुन् ।

पूर्व खेलकुदमन्त्री समेत भइसकेका शेर्पाली दोस्रो कार्यकाल दलित मुक्ति मोर्चाको अध्यक्ष चयन हुनु भएका हुन् । दोस्रो संविधान सभा (२०७०) को चुनावमा शेर्पाली समानुपातिक सांसद भएपछि मन्त्री हुने अवसर पाएका हुन् । शेर्पालीको अध्यक्षमा १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology