काठमाडौं, २४ बैशाख । प्रतिनिधिसभामा बजेट पूर्वको छलफल प्रि(बजेट छलफल चार दिनसम्म हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रि(बजेट छलफल चार दिन चलाउने तय गरेको हो ।
नेपाली कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेका अनुसार आइतबार अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷ ०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्रीले प्रस्तुत गर्ने प्रस्तावमाथि सोमबार र मंगलबार पाँच÷पाँच घण्टा र बुधबार दुई घण्टा सांसदहरुले आफ्नो राय राख्नेछन् । बुधबार नै अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि प्रतिनिधिसभामा प्रि(बजेट छलफल सकिनेछ । प्रि(बजेट छलफल सकिएपछि अर्को बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।