गोरखा, २४ बैशाख । नेपाली काग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा (क) बाट गण्डकी प्रदेशसभामा निर्वाचित हुनुभएका प्रदेशसभा सदस्य नन्दप्रसाद न्यौपाने काग्रेस प्रदेशसभा संसदिय दलको सचेतकमा मनोनित हुनुभएको छ ।
आइतबार काग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई सचेतकमा मनोनित गर्नुभएको हो । न्यौपाने नेपाली काग्रेस गोरखा जिल्लाका पार्टी सभापति समेत हुनुहुन्छ । नेपाली काग्रेस प्रदेशसभा संसदीय दलको बिधान २०७४ को धारा (११) बमोजिम न्यौपानेलाई नेता पाण्डेले मनोनित गर्नुभएको हो ।