Nagarik Sawal

२०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गोरखामा साईवर सुरक्षा सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न


5.3K
Shares

गोरखामा साईवर सुरक्षा सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न

गोरखा, २३ बैशाख । गोरखामा साइवर सुरक्षा सम्बन्धी एक दिने अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ । कम्युटर एसोसियसन अफ नेपाल (क्यान) महासंघ गण्डकी प्रदेशको आयोजना तथा क्यान गोरखाको संयोजनमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०८० अवसरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुदैँ गोरखा नगरपालिका गोरखाकी उपपमुख मसलीमाया थोकर (सपना पुन) ले अहिले युग प्रविधिको युग भएको भन्दै कुनै पनि मानिस प्रविधि बिना चल्ने नसक्ने भएकाले प्रविधिको उपयोगको बारेमा जान्नै पर्ने अबस्थामा रहेको बताउनुभयो ।

उहाँले गोरखा नगरपालिकालाई प्रविधिमैत्री बनाउने तर्फ आफुहरुको ध्यानकेन्द्रीत गरेको समेत उल्लेख गर्नुभयो । तालिममा सफ्वयर ईन्जिनियर तथा क्यान महासंघका केन्द्रिय सदस्य सुभाष खड्काले साइबल सुरक्षा सम्वन्धी विभिन्न बिषयमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिममा जिल्लाका सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, बिद्यार्थी र शिक्षक तथा क्यान गोरखामा आबद्व सदस्यहरु सहित १ सय ६ जनाको सहभागीता जनाएको क्यान गोरखाका अध्यक्ष सुदिप कोइरालाले जानकारी दिनुभयो ।

क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्यान गोरखाका संस्थापक अध्यक्ष असोकबावु राना, गोरखा उद्योग बाणिज्य संघका प्रतिनिधी मनकाजी श्रेष्ठ र च्याम्बर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology