Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपालकै प्रसिद्ध शक्तिपिठ गोरखानाथ मन्दिर परिषरमा सवालाख रोट महोत्सव शुरु


1.5K
Shares

नेपालकै प्रसिद्ध शक्तिपिठ गोरखानाथ मन्दिर परिषरमा सवालाख रोट महोत्सव शुरु

गोरखा २२, बैशाख । नेपालको प्रसिद्ध शक्तिपिठको रुपमा परिचित गोरखाको गोरखानाथ मन्दिर परिषरमा आजदेखि २० आंै सवा लाख रोट महोत्सव आजदेखि शुरु भएको छ । गोरखा दरबार परिषरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई प्रचार–प्रसारका गर्दै यहाँको धार्मिक पर्यटन प्रबद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।

गोरखनाथ मन्दिरमा दैनिक रुपमा रोट चढाउने प्रचलन रहेपनि गएको २० बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडी बढाउन थालिएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोर कुमार अकेलाले जानकारी दिनुभयो । आजदेखि ११ दिनसम्म चल्ने महोत्सवमा सवा लाख रोट गुरु गोरखनाथलाई चढाइने उहाँले बताउनुभयो ।

गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्र स्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता अनुसार यहाँको गोरखनाथ मन्दिरमा रोट चढाउने प्रचलन रहदै आएको छ । रोट, भुङ्ग्रे र तावा गरि दुई प्रकारका हुने उहाँले बताउनुभयो । तत्कालिन नेपाल एकीकरणका समयमा सेनाहरूलाई प्रसादको रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाई लड्न सकेको भन्ने भनाई शिला लेखहरूमा पाइन्छ ।

‘एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने वस्तुका परिकार हो, संयोजक अकेलाले भन्नुभयो, ‘चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनी लगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।’ सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले शुद्व भई मन्त्र जप गरि विचको भाग उठाएर बनाइएको हुन्छ ।

रोट महोत्सवमा सहभागी हुन आउने भक्तजनहरुका लागि खाने, बस्ने लगायतका सवै सुबिधा निशुल्क उपलब्ध गर्ने व्यवस्था गरिएको अकेलाले जानकारी दिनुभयो । भक्तजनहरुका लागि भजनकृतनका गर्न समेत बिशेष ठाउँको व्यवस्था गरिएको छ भने, रोट पकाउन लागि दाउरा लगायतको समेत बिशेष व्यस्थापन गरिएको उहाँले बताउनुभयो ।

महोत्सवले गोरखाको प्रचार–प्रसार जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन विकासका टेवा पुग्ने आयोजनकले बिश्वास लिएको छ । गोरखनाथ गुफा परिसरमा हुने महोत्सवमा अबसरमा भजनकृतन, चुडा नृत्य समेत हुने जनाइएको छ । यहाँको रोट महोत्सव अवलोकन र प्रसाद ग्रहण गर्नका लागि भारत लगायतका देशका बिभिन्न जिल्लाहरुबाट आउने उहाँले जानकारी दिनुभयो ।

रोट महोत्सवको पहिलो दिन आज बिहान गोरखा सदरमुकामको बसपार्कदेखि निकालिएको कलस तथा रथ यात्रा गोरखा दरबारको गोरखनाथ गुफासम्म पु¥याइएको थियो । ¥यालीमा बिभिन्न कला र संस्कृति र पहिचान झल्कने झाँकी सहितको ¥याली समेत सहभागी भएका थिए । गोरखनाथ मन्दिरसम्म निकालिएको कलस यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology