Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ग्राहक बनेर बजार निस्किएका उद्योगमन्त्रीलाई नै व्यापारीले बढि मूल्य लिएपछि….


1.8K
Shares

ग्राहक बनेर बजार निस्किएका उद्योगमन्त्रीलाई नै व्यापारीले बढि मूल्य लिएपछि….

 

पोखरा ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्किनुभएको छ । मन्त्री भट्टले ग्राहकको भेषमा पसल र डिपार्टमेन्टल स्टोरको छड्के अनुगमन र निरीक्षण गर्नुभएको उहाँकोे सचिवालयले बताएको छ ।

उद्योग भट्टले शुक्रबार साँझ निलो डाउन ज्याकेट, कालो पाइन्ट र स्पोर्ट जुत्ता लगाएर ग्राहकको भषमा बजार अनुगमन गर्नुभएको हो ।कोरोनाभाइरसको सन्त्रास बढेपछि व्यापारीहरुले कालो बजारी गरिहेको चौतर्फी आवाज उठेका बेला मन्त्री भट्टले बजार अनुगमन गर्नुले कालोबजारीहरु त्रसिद बनेका छन् ।

उहाँले पोखराका केही डिपार्टमेन्टल स्टोरमा छिरेर सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिबारे ग्राहकै शैलीमा सोधपुछ गर्नुभएको थियो ।एउटा डिपार्टमेन्टल स्टोरमा छिरेर मन्त्री भट्टले एक किलो चिनी र एक किलो नुन माग्नुभएको थियो । नुनको मूल्य सोध्दा डिमार्टमेन्टलकी सेल्सम्यान महिलाले एक प्याकेटको २५ रुपैयाँ बताएकी थिइन् ।

मन्त्री भट्टले साल्ट ट्रेडिङले तोकेको मूल्य २० रुपैयाँ हो तर पाँच रुपैयाँ बढी लिएर उपभोक्ता किन ठगेको भनेर प्रति प्रश्न गर्नुभएको थियो । जवाफमा ती महिलाले आफूले खरिद गरेर ल्याउने ठाउँबाटै यस्तै आउने गरेको बताएपछि मन्त्री भट्टले खरिद गर्ने ठाउँको फोन नम्बर माग्नुभएको थियो ।

मन्त्री भट्टको सचिवालयका अनुसार बढी मूल्य लिइएकोबारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको छ । पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology