डोटी : दिपायल सिलगढी नगरपालिका–६ मा रहेको ऐतिहासिक भीमसेन मन्दिरबाट चारवटा चाँदीका छत्री चोरी भएको छ । मन्दिरबाट ५० तोलाको एउटा र १० तोला बराबरको तीनवटा गरी ८० तोलाको चार छत्री चोरी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो ।
मन्दिरको ढोका फुटाएर छत्री चोरी गएको पाइएको उहाँले बताउनुभयो ।फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभाहलको ताला फोरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।
मन्दिरमा कतिबेला चोरी भयो भन्नेबारे यकिन खबर नभए पनि गएको शनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीय गोविन्द श्रेष्ठले भक्तजनले चढाएका छत्री चोरी भएको भन्दै मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्ने बताउनुभयो ।