Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवशरमा क्यान गोरखाद्वारा चियापान कार्यक्रम सम्पन्न 


980
Shares

राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवशरमा क्यान गोरखाद्वारा चियापान कार्यक्रम सम्पन्न 

गोरखा, १९ बैशाख । राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवशरमा क्यान गोरखाले चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कम्प्यूटर एशोसिएसन नेपाल महासंघ गोरखाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई चियापान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा क्यान गोरखाका अध्यक्ष सुदिप कोइरालाले कार्यक्रममा उपस्थित सबैलाई शुभकामना दिदै जिल्लामा केही दिन भित्रै ‘साईबर अपराध र साईबर सुरक्षा’ सम्वन्धी तालिमको आयोजना गरिने जानकारी दिनुभयो ।

कोइरालाका अनुसार तालिम प्रदेश स्तरीय हुने छ । तालिममा जिल्लाका सरकारी कार्यालयका सूचना अधिकारी, सुरक्षा निकायका प्रतिनिधीहरु र जिल्लामा क्रियाशिल पत्रकार तथा सरोकारवालाहरुको सहभागीता रहने अध्यक्ष कोईरालनले बताउनुभयो । तालिम बैशाख २३ गते सनिबार हुने छ । कार्यक्रममा १०० जनाको सहभागीता रहने क्यान गोरखाले जनाएको छ ।

चियापान कार्यक्रममा क्यान गोरखाका संस्थापक अध्यक्ष अशोकबावु राना, क्यान गण्डकी प्रदेशका उपाध्यक्ष प्रेमध्वज थापा र नेपाल पत्रकार महासंघ गोरखा शाखा अध्यक्षले शुभकामना मन्तब्य राखेका थिए ।

विभिन्न क्षेत्रका ५६ जना सदस्य रहेको क्यान गोरखाले सूचना प्रविधि दिवसका अवशरमा गत वर्षहरुमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको थियो । कार्यक्रममा आगामी बर्ष राष्ट्रिय सूचना प्रविधि दिवस पृथक रुपमा मनाउन पनि सहभागीहरुले सुझाव दिएका थिए

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology