Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बारपाक सुलिकोट गाउँपालिकामा पशुबस्तुको स्वास्थ्य उपचार तथा बाँझोपन रोग निवारण शिविर सम्पन्न


1.6K
Shares

बारपाक सुलिकोट गाउँपालिकामा पशुबस्तुको स्वास्थ्य उपचार तथा बाँझोपन रोग निवारण शिविर सम्पन्न

गोरख, १८ बैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुबस्तुको स्वास्थ्य उपचार तथा बाँझोपन रोग निवारण लागि एक दिने शिविर सम्पन्न भएको छ । भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाको प्राबिधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नम्बर ४ स्थित रन्चोकमा भएको शिविरमा झण्डै सात हजार ५ सय ८० वटा पशुबस्तुको निशुल्क स्वास्थ्य उपचार गरिएको पशुसेवा बिज्ञकेन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा. लालमणी अर्यालले जानकारी दिनुभयो । ‘शिविरका क्रममा बिभिन्न एकसय ३७ शिर्षकमा पशुबस्तुको उपचार गरिएको थियो, सूचना अधिकारी डा. अर्यालले भन्नुभयो, ‘सो क्रममा ४ सय ११ वटा गाईगोरु, २ हजार ७ सय ८० वटा भोडाबाख्राको उपचार गरिएको हो ।’

त्यस्तै राँगाभैसी २ सय ४६ वटा तथा कुखुरा ४ हजार एकसय ४६ वटाको औषधी उपचार गरिएको उहाँले बताउनुभयो । उपचारका क्रममा पशुबस्तुका लागि आबश्यक पर्ने औषधी पशुपालक किसानहरुलाई बितरण गरिनुका साथै औषधी प्रयोगका लागि समेत पशुपालक किसानहरुलाई जानकारी प्रदान गरिएको डा.अर्यालले जानकारी दिनुभयो । ‘शिविरमा ६ वटा कुकुरमा रेबिज बिरुद्धको भ्याक्सिन दिइएको छ, उहाँले भन्नुभयो, ‘परीक्षणका लागि ४० जना पशुपालक कृषकले ल्याएका पशुबस्तुका गोवर समेत जाँच गरिएको छ ।’ गोवर परीक्षणका गरिएका मध्ये झण्डै आधा जतिमा आन्तरिक परजीवीहरुको समस्या देखिएको उहाँले बताउनुभयो ।

‘गोवर परीक्षणको पुरै रिर्पोट त आउन बाँकी नै छ, डा. अर्यालले भन्नुभयो, ‘तरपनि आधाआधी जसोमा आन्तरिक परजीवीको समस्या देखिएको थियो भने आधाजसोमा समस्या देखिएको थिएन् ।’शिविरमा उपचारका ल्याउन नसकिएका समस्याग्रस्त पशुबस्तुको भने पशुपालक किसानहरुको घरमै पुगेर समेत उपचार गरिएको सूचना अधिकारी डा. अर्यालले बताउनुभयो । शिविरमा वडा भित्रका पशुपालक किसानहरुले आफ्नो पशुबस्तुको उपचार गराएका थिए ।

भेटरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र गोरखाका निमित्त प्रमुख डा. शर्मिला कुमालको नेतृत्वमा भएको शिविरमा पशुस्वास्थ्य उपचार शिविरमा, डा. लालमणी अर्याल, बारपाक पोलिटेक्निक इन्टिच्युटका डा.कमल बस्याल, बारपाक सुलिकोट गाउँपालिका पशुसेवा शाखाका प्रमुख हिक्मतबहादुर खड्का लगायतको टोली पशुवस्तुको उपचार गरेका थिए । गाउँमै आएर पशुचिकित्सकहरुबाट आफ्ना घरपालुका बस्तुवस्तुको उपचार गराउन भएपछि पशुपालक किसानहरु पनि खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology