गोरखा,१६ बैशाख । गोरखा सदरमुकाममा जीप दुर्घटना भएको छ । गोरखा नगरपालिका–१० को १६ किलोमा हिजो गए राती जीप दुर्घटनामा परेको हो ।
बा १८ प ७७७० नम्बरको टोयोटा जीप दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जीपमा सवार सवै चितवनबाट आज हुने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको साधारण सभामा भाग लिएका ब्यक्तिहरु भएको जानकारी प्राप्त भएको छ ।
चितवनबाट उत्तरी गोरखाको बारपाक घुमेर गोरखा बजार तर्फ आउदै गर्दा रातको समयमा जीप दुर्घटनामा परेको थियो । जिल्ला ट्राफिक प्रहरीका अनुसार जीपमा सवार सबै जना सकुशल रहेका छन् ।