Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाकी सिंखडा गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त


1.8K
Shares

गोरखाकी सिंखडा गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त

गोरखा, १५ बैशाख । गोरखा घर भएकी गण्डकी प्रदेश सभाकी सदस्य सुशिला सिंखडा गण्डकी प्रदेश सरकारको मन्त्रीमा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री काग्रेसले नेतृत्व गर्ने दलहरु बिच सहमति भएपनि माओवादी केन्द्रको तर्फबाट सिंखडा मन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रदेश मुख्यमन्त्रीमा नेपाली काग्रेस गण्डकी प्रदेशसभाको ससंदीय दलका नेता सुरेन्द्र पाण्डेले आज नै सपथ लिनु भएको हो । उहाँले सपथ लिए लगत्तै माओवादीको तर्फबाट सिंखडा मन्त्री बन्नुभएको हो ।

मन्त्री सिंखडाले आजै सपथ लिनुभएको हो । गोरखाको भीमसेन थापा गाउँपलिका वडा नम्बर ४ धावा घर भएकी मन्त्री सिंखडा माओवादी केन्द्रबाट प्रदेशसभा समानुपातिक तर्फबाट सांसद बन्नु भएको थियो । उहाँ जनयुद्धकालिन समयदेखि नै तत्कालिन नेकपा माओवादीमा रहेर जिम्मेवारी सम्हाल्नु भएको थियो ।

मन्त्री सिंखडा हाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । आजै मुख्यमन्त्री पाण्डेले काग्रेसका तर्फबाट सरस्वती अर्याल मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology