Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान


854
Shares

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा, १२ वैशाख। गण्डकी प्रदेशमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।

‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश गर्न प्रदेश प्रमुखज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक माधव रेग्मीले भने, ‘प्रदेश प्रमुखले कानुनी परामर्शपछि आश्वान गर्नुभएको हो ।’

पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिएसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।

१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिएर कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांस्द जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology