काठमाडौं, ११ वैशाख । स्यानिटरी प्याडको निर्यात बढेको छ। भन्सार विभागको पछिल्लो तथ्यांकले स्यानिटरी प्याडको निर्यात बढेको देखाएको हो। चालु आर्थिक वर्ष २०७९र८० को नौ महिना (साउनदेखि चैतसम्म) मा चार गुणाले स्यानिटरी प्याडको निर्यात बढेको छ।
गत आर्थिक वर्ष २०७८र७९ को सोही अवधिमा ७० लाख ६५ हजार चार सय ८४ वटा प्याड निर्यात भएको छ। सो संख्याको प्याड निर्यातबाट एक करोड ९८ लाख ९४ हजार रूपैयाँ भित्रिएको छ। यस्तो निर्यात यो वर्षको साउनदेखि चैतसम्ममा तीन करोड चार लाख २८ हजार चार सय ९६ वटा भएको छ। त्यसबाट ८ करोड ४७ लाख रूपैयाँ विदेशी मुद्रा भित्रिएको छ। यो समयमा आयात पनि घटेको छ।
यो वर्षको साउनदेखि चैतसम्ममा ६६ करोड ३९ लाख ६३ हजार रूपैयाँ मूल्य बराबरको सात करोड २७ लाख ७८ हजार ८ सय ७७ वटा आयात भएको छ। यो गत वर्षको सोही अवधिका तुलनामा ३३ प्रतिशतले कम हो। गत वर्ष साउनदेखि चैतसम्ममा ९३ करोड ८ लाख १७ हजार मूल्य बराबरको १० करोड ८६ लाख ३१ हजार ६ सय ८७ वटा स्यानिटरी प्याड आयात भएको थियो।