गोरखा २, चैत । गोरखाको पालुङटार नगरपालिकाले सम्भावित कोरोना संक्रमणप्रति सचेत हुँदै विद्यालयमा शिक्षक तथा कर्मचारीलाई बायोमेट्रिक हाजिरी बन्द गरेको छ ।
शिक्षक तथा कर्मचारीलाई बायोमेट्रिक हाजिरी बन्द गरि हाजिरीकपिमा दैनिक हाजिर गर्ने ब्यबस्था मिलाउन नगरपालिकाले आफु मातहतका विद्यालयलाई निर्देशन दिएको हो ।
कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएकाले सतर्कता अपनाउनका लागि सबै विद्यालयलाई आग्रह गरिएको नगरपालिकाले आईतबार जारी गरेको सूचनामा उल्लेख छ ।

सतकर्ता स्वरुप नै चैत ५ गतेभित्र कक्षा ९ सम्मको बार्षिक परिक्षा सम्पन्न गरी चैत महिनाभर विद्यालय बन्द गर्न भनिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीलाई बिदा दिएपनि शिक्षक कर्मचारीले विद्यालय खोलेर आ आफ्नो काम गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।