कञ्चनपुर ८ बैशाख ः घाँस काट्न गएकी एक महिलालाई बाघले लगेको छ । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुँइकी गंगादेवी चन्दलाई बाघले लगेर चन्द बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उहाँसँगै रहेका अरू महिलाहरू भने भागेको प्रहरीको भनाई छ । चन्द सहित केही महिलाहरु नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्ने खप्टिनालामा घाँस काट्ने गएका थिए । बेपत्ता चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाघ भगाउन प्रहरीले हवाई फायरसमेत गरेको प्रहरीले जनाएको छ ।