महेन्द्रनगर । युनिभर्सल बाल विद्या निकेतनको स्कुल बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा दुर्घटना भएको छ । दुर्घटनामा परेको स्कुल बसबाट ३० जना बालबालिकाको सकुसल उद्दार गरिएको अस्थायी प्रहरी पोष्ट कलुवापुरका प्रहरी नायब निरिक्षक रुपसिह थापाले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त बसबाट ३० बालबालिकाको उद्दार गरिएको छ भने ३ जना बिद्यार्थी घाइते भएका छन् । घाइते बिद्यार्थीहरुलाई स्थानीय मेडिकलमा उपचारका लागि राखिएको प्रहरी नायब निरिक्षक थापाले बताउनुभयो । परिक्षा दिएर फर्किदै गरेको म १ ख ४२४ नम्बरको बस दुर्घटनामा परेको हो । सडक साघुरो भएका कारण बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
स्कुल बस आइतबार दिउँसो विद्यालय नजिकैको पानी पोखरीमा खसेको प्रहरीले जानकारी दिएको छ । स्कुल बसमा कति जना सवार थिए भन्ने यकिन र्भई नसकेको प्रहरीले जनाएको छ । बस पोखरीमै रहेकोले थप उद्धारको कार्य जारी रहेको छ । बस दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।